छोराको जन्मदिनमा ३५ सय पाउन्ड मन्दिरलाई सहयोग

0

अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष, एनआरएनए अनरी काउन्सिल सदस्य ,एनआरएनए यूकेका सल्लाहकार एवम् शिव मन्दिर अल्डरसटका ट्रष्टी पुरन गिरी र श्रीमती कुमारी गिरीले सुपुत्र पुकास गिरीको जन्मदिनको अवसरमा पारेर शिव मन्दिरलाई थप ३५ सय पाउण्ड आर्थिक सहयोग गर्नुभएको छ । यस अघिपनि मन्दिर निर्माणका लागि गिरीले ७ हजार पाउण्ड सहयोग गरिसक्नुभएको छ । अहिलेसम्म मन्दिर निर्माणका लागि १० हजार पाँच सय नेपालीमा लगभग १७ लाख रुपैयाँ गरिएको छ । हाल यूकेमा रहनुभएका गिरीले शिवरात्री र आफ्नो छोराको जन्मदिन पारेर मन्दिरलाई आर्थिक सहयोग गर्नुभएको हो ।

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसट अवस्थित मन्दिरको निर्माण कार्यमा सहयोग पु¥याउने र छोरोलाई धर्मकर्म सँगै सहयोग गर्नुपर्छ भन्ने भावना जागृत होस् भनेर मन्दिरलाई सहयोग गरेको गिरीले बताउनु भयो । ‘शिवजीको विशेष दिनमा बावु (छोरा) को जन्मदिन परेको छ । जन्मदिनमा भोजभतेर गरेर खर्च गर्नुभन्दा धार्मिक कार्यमा सहयोग गर्न पाउनु मानविय गुण हो ।’–गिरीले भन्नुभयो ।

अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष समेत रहेका गिरीले समाजको माध्यमवाट पर्वत जिल्लाको समृद्धि र विकासमा काम गदै आउनु भएको छ । उहाँले नेतृत्व गरेको अन्तराष्ट्रिय पर्वत समाज अहिले अन्तराष्ट्रियस्तरमै छुट्टै पहिचान बनाउन सफल भएको छ । समाजले कोरोनाको समयमा पर्वत जिल्ला भित्र र बाहिर रहेका पर्वेतेलीको लागि उल्लेखनिय काम गरेको भन्दै जिल्लामा चर्चापरिचर्चा हुने गर्दछ । बेलायतकै सफल व्यवसाय समेत रहनु भएका गिरी विगत २० बर्षदेखी यूकेमा व्यवसाय गदै आउनु भएको छ । उनको स्थायी घर कुश्मा बजारमा हो ।

मन्दिर परिवारले निर्माण कार्यमा सहयोग गरेकोमा पुकास लाई जन्मदिनको शुभकामना दिँदै गिरी परिवारलाई कृतज्ञाता व्यक्त गरेको छ । मन्दिर निर्माण कार्यमा गिरीको निस्वार्थ सहयोगका लागि शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटले आभार व्यक्त गरेको छ । कम्युनिटीको शिव मन्दिर निर्माण कार्य करिब ९४ प्रतिशत सकिइसकेको छ ।

युरोपकै पहिलो नेपाली प्यागोडा शैलीको शिव मन्दिरमा यही हप्ताको शुरुमा नेपाली कलात्मक गजुर राखिएको छ ।

Leave A Reply

Your email address will not be published.