सबै वयस्क अमेरिकीहरूलाई मे महिनाभित्र खोप दिइने

0

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडनले मे महिनाभित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिने बताएका छन् । आफ्नो कार्यकालको पहिलो टेलिभिजन सम्बोधन गर्दै उनले मेभित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने गरी आपूर्ति व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।

उनले त्यसका लागि तयारी गर्न सबै राज्य र स्थानीय निकायलाई आदेश दिने उल्लेख गरेका छन् । सबैलाई पालो आएपछि खोप लगाउन पनि उनले आह्वान गरे ।

एक वर्षको क्षतिपछि अमेरिकामा राम्रा दिन आउन लागेको उनको भनाइ छ । जुलाई चारको अमेरिकी स्वतन्त्रता दिवसको समयताका स-साना भेला गर्न सकिने पनि उनले उल्लेख गरेका छन् । कोरोना भाइरसका कारण अमेरिकामा पाँच लाख भन्दा धेरेको मृत्यु भएको छ ।

यसैबीच महामारीसँग जुधेका नागरिकका लागि ल्याइएको राहत प्याकेज सम्बन्धी विधेयकमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेका छन् । हस्ताक्षरसँगै यो विधेयकले कानुनी रुप लिएको छ ।

१९ खर्व डलरको आर्थिक राहत प्याकेजबाट कोरोना प्रभावित भएका अमेरिकीहरुलाई सहायता प्रदान गरिनेछ । विधेयकमा १४ सय डलर भुक्तान, बेरोजगारी भत्ता विस्तार लगायतका सुविधा समेटिएका छन् ।

Leave A Reply

Your email address will not be published.