एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने

0

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

अदालतले नेकपा एकीकरणको निर्णय बदर गरेपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । अदालतले एमाले ब्युँताइदिएपछि नयाँ परिस्थितिबारे छलफल गर्न पार्टीको केन्द्रीय कमिटी बैठक राखिएको नेताहरुले बताएका छन् ।

पार्टी एकीकरणपछि नेताहरूमा बढेको अविश्वास र आपसी विवादको समाधानको प्रयास बैठकबाट हुनेछ । सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्रमा नफर्कने निर्णय गरेका माओवादी नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने उद्देश्यले बैठक बोलाइएको हो ।

बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित र पछि मनोनित एमालेका केन्द्रीय सदस्य सहभागी हुनेछन् । केन्द्रीय कमिटीमा ओली पक्षका १ सय २, नेपाल पक्षका ९० र तीन जना तटस्थ सदस्य छन् ।

Leave A Reply

Your email address will not be published.