जसपाका नेताहरुले गरे प्रधानमन्त्री ओलीसँग छलफल

0

काठमाडौं : भावी सत्ता समिकरणका विषयमा जनता समाज पार्टी (जसपा)का नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् । छलफलमा विगतमा ओलीले गरेका सहमति कार्यान्वयन नभएको विषयमा जसपाका नेताले कुरा राखेको थिए ।

त्यस्तै रेशम चौधरीमाथिको मुद्दा र मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मागलाई जसपाका नेताहरुले दोहोर्‍याएका थिए । छलफल सकारात्मक भएको बताइएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

पछिल्लो समय एमालेले जसपासँगको वार्तालाई तीव्रता दिएको छ। तर, जसपाले अहिलेसम्म सरकारलाई सहयोग गर्ने या नगर्ने बारे ठोस् निर्णय लिएको छैन ।

Leave A Reply

Your email address will not be published.