माओवादी केन्द्रको बैठक : सरकार र सदन सञ्चालनबारे कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय

0

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले सरकार र सदन सञ्चालनबारे कांग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग छलफल गर्ने निर्णय गरेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको बैठकले नयाँ परिस्थितिबारे कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको हो । बैठकले आवश्यक परे एमालेसँग पनि संवाद गर्ने निर्णय गरेको छ ।

बैठकले पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न फागुन २९ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ भने चैत १ गते गते प्रशिक्षण भेला बोलाउने पनि निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

पार्टीले सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने विषयमा भने कुनै छलफल नभएको उनले बताए ।

सर्वोच्च अदालतले नेकपा एकता भंग गरेसँगै नेकपाका दुवै घटक एमाले र माओवादी अलग–अलग भएका छन् । अलग भएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटी बैठक बसेको हो । बैठक बुधबार पनि बस्ने नेता श्रेष्ठले जानकारी दिए । 

Leave A Reply

Your email address will not be published.