एनआरएनए महिला फोरम बेल्जियमले नारीदिवसमा क्रिकेट रंगशालालाई गर्‍यो एक लाख सहयोग

0

गैर आबासीय नेपाली संघ बेल्जियमको महिला फोरमले १११ औ अन्तररास्ट्रिय नारी दिवसको अबसरमा चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तररास्ट्रिय क्रिकेट रङ्गशालालाई एकलाख रुपया सहयोग गरेको छ । धुर्मुस सुन्तली फाउनडेशनकी उपाध्यक्ष कुन्जना घिमेरे उपस्थित रहेको ८ मार्च सोमबार आयोजना गरिएको नारीदिवसको भर्चुअल कार्यक्रममा सो जानकारी गराइएको हो । सोही कार्यक्रममा क्यान्सर पीडित मुस्कान आलेलाई एक सय युरो सहयोग गरिएको पनि जानकारी गराइेको थियो ।

धुर्मुस सुन्तली फाउनडेशनकी उपाध्यक्ष घिमिरेले प्रबासका महिला दिदीबहिनीहरुको सहयोग प्रति धन्यवाद दिदै आगामीदिनमा पनि सहकार्य गरेर मानबीय सेवाका कामहरु गर्न सकिने बताउनु भयो । देश बाहिर रहेर पनि नेपाली दिदीबहिनीहरुले हिम्मतका साथ सामाजिक काम गरीरहेकोमा आफुलाई गौरब महसुश भएको र क्रिकेट रङगशालामा राखिने कुर्सीमा आफ्नो नाम लेखेर पनि सहयोग गर्न अनुरोध गर्नु भयो ।

कार्यक्रममा शुभकामना दिदै युरोपियन युनियन र बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले नेपाली महिलाहरु समय क्रम संगै आफ्नो हक अधिकारका लागि आवाज उठाउन सक्षम भएकोले समाजमा सकरात्मक प्रभाब परेको छ भन्नु भयो । दुताबास गैर आबासीय नेपाली संघको सामाजिक अभियानमा सधैं सहकार्यका लागि तयार रहेको पनि उहाले बताउनु भयो ।

गैर आबासीय नेपाली संघका सहकोषाध्यक्ष लोक दाहालले संघले महिला नेत्रित्वको बिकास र क्षमता अभिब्रिद्धीका लागि संगठनको आन्तरिक संरचना बलियो बनाएको छ भन्नु भयो ।

महिला बिरुद्ध हुने हिंशा संघकी केन्द्रिय महिला संयोजक भोमा लिम्बुले दुर्गमका महिला दिदीबहिनीहरुलाई तात्कालिक सहयोग संगै शिक्षित बनाउने अभियानमा गैर आबासीय नेपाली संघ लाग्नु पर्छ भन्नु भयो । संघको नेत्रित्वमा ३३ प्रतिशत महिलाहरुलाई सहभागि बनाउन गरी बिधानमा ब्यबस्था हुनु पर्ने पनि उहाको भनाइ थियो ।

गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुबेदीले संघले गर्ने हरेक काममा महिला दिदीबहिनी हरुको सकृय सहयोग भएको र आगामी दिनमा पनि मिलेर समाजको हित हुने काम गर्न आग्रह गर्नु भयो । संघले सुरु गरेको स्वास्थ्य बिमा एकै म्याचूआलितेतबाट गर्ने काममा सहयोग गरेर संघलाई आत्मनिर्भर बनाउन पनि अनुरोध गर्नु भयो ।

परिवारको राम्रो नेत्रित्व गर्न सके समाज र देशको नेत्रित्व गर्न सजिलो हुन्छ भन्दै आईसिसी सदस्य अनुजा प्रधानले घरबाट नेत्रित्व बिकासको लागि आफ्ना सन्तानलाई प्रोत्साहित गर्नु पर्छ भन्नु भयो ।

कार्यक्रमलाई शुभकामना दिदै नेपाली जन संपर्क समितीकी सभापति सीता सापकोटा, तमु समाजकी अध्यक्ष नन्दा गुरुङ, एनआरएनए बेल्जियमकी महिला उपाध्यक्ष हरी भट्टराई, महासचिब तिर्थ धमला, महिला नेत्री कल्पना मगर , शुशिला पराजुली, पत्रकार निलम सापकोटा, एनआरएनए निबर्तमान महिला संयोजक रजनी प्रधान , संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ , नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, आदिबासी जनजाती महासंघ बेल्जियमकी उपाध्यक्ष मुना राई लगायतले महिलाहरुको सक्षमताले परिवार , समाज र देशको बिकासमा सहयोग पुग्ने बताउनु भयो ।

एनआरएनए कि केन्द्रिय महिला उपाध्यक्ष रबिना थापाले लिखित शुभकामना सन्देश पठाउनु भएको थियो । कार्यक्रममा उपस्थित अथीतिहरुलाई स्वागत लक्ष्मी सुबेदीले गर्नु भएको थियो ।

एनआरएनए बेल्जियमकी महिला संयोजक शुशिला खतिवडाको सभापतित्वमा भएको कार्यक्रम सन्चालन सबिता गिरीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.