निर्वाचन आयोगले एमाले र माओवादीलाई भन्यो- एकता गर्ने भए १५ दिनभित्र निवेदन दिनू

0

काठमाडौं : निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा एमाले केपी शर्मा अ‍ोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरेको हो ।

आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग दलको रुपमा कायम रहेको सूचना ती दललाई दिने निर्णय गरेको छ ।

आयोगले एमाले र माओवादीलाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन समेत सूचित गरेको छ । 

आयोगले एमाले र माओवादीलाई नयाँ दलको रूपमा पुनः एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने दलको नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदन सहित उपस्थित हुनका लागि जानकारी गराउने निर्णय गरेको हो ।

यसैगरी आयोगले सन्ध्या तिवारीलाई नेकपा एमाले र गोपाल किरातीलाई माओवादी केन्द्रको नाम दिन नसकिने भएकाले नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधार सहितको विवरण आयोग समक्ष पेश गर्न भनेको छ ।

Leave A Reply

Your email address will not be published.