नेकपा एमालेको सचिवालय बैठक स्थगित

0

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । मंगलबार बिहानका लागि बोलाइएको बैठक तयारी नपुगेकाले स्थगित गरिएको हो ।

महासचिव ईश्वर पोखरेलले माधव नेपाल‚ झलनाथ खनाललगायत नेताहरु एमालेमा फर्किने निर्णय गर्नुअघि बैठक बोलाएका थिए । बिकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि थप गृहकार्य गरेर मात्रै बैठक राख्ने तयारी नेकपा एमालेको छ ।

नेपाल‚ खनाललगायतका नेताहरु एमालेमा नै फर्किएपछि थप तयारी गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेताहरुले बताएका छन । नेकपाको सचिवालयमा महासचिवको नेतृत्वमा दुई उपमहासचिव, पाँच सचिव र कार्यालय सचिव रहने व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.