धुम्बाराहीमा आज एमाले पार्टीको साइनबोर्ड राखिने

0

सर्वोच्च अदालतको फैसलापछि आज धुम्बाराहीस्थित नेकपा कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राखिने भएको छ ।

देशभरका पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राख्ने क्रममा धुम्बाराहीमा पनि नयाँ साइनबोर्ड टाँगिन लागेको हो ।

अधिकांश जिल्लामा पार्टी कार्यालयको साइनबोर्ड फेरिन लागेको छ । नेकपाको एकता खारेज भएपछि नेकपा एमालेको साइनबोर्ड राख्न देशभर अभियान चलेको छ ।

नेकपाको केन्द्रीय कार्यालय रहँदै आएको धुम्बाराहीस्थित कार्यालयमा पनि यही क्रममा एमालेको साइनबोर्ड राख्ने तयारी छ ।

सर्वोच्च अदालतले सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेललाई दिएसँगै एमाले र माओवादी केन्द्रका रुपमा अलग अलग भएका हुन् ।

Leave A Reply

Your email address will not be published.