प्रचण्ड-माधव समूहको बैठक : एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय

0

काठमाडौं : पुष्कमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको फैसला अनुसार पूर्ववतः पार्टी एमाले र माओवादी केन्द्रमा नै रहेर एकता प्रयास गर्ने निर्णय गरेको छ । 

सोमबार कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले पूर्वएमाले नेताहरु एमालेमै रहने र दाहालसहितका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्रमै रहने र एकता प्रयास गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आइतबार सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो । रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर एकीकृत पार्टीलाई विभाजन गर्ने फैसला प्रति गम्भीर असहमति रहँदा रहँदै पनि फैसला कार्यान्वयको प्रक्रियामा जाने पनि श्रेष्ठले बताए ।

असहमति हुँदाहुँदै पनि आफ्नै ढंगले कार्यान्वयको प्रक्रियमा जाने र कानुनी ढंगले पनि उपचार खोज्ने प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । प्रचण्ड माधव समूहको यो रुपमा भएको स्थायी कमिटीको बैठक यो नै अन्तिम भएको उनले बताए ।

श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनैपर्ने बाध्यात्मक अवस्था आइसकेको समेत बताए । 

Leave A Reply

Your email address will not be published.