विदेसिने महिलाको सङ्ख्यामा वृद्धि

0

पर्सा, २३ साउन । रोजगारीका लागि पर्साबाट विदेसिने पुरुषको सङ्ख्यामा कमी आएको छ भने महिलाको सङ्ख्यामा वृद्धि आएको छ । पर्साबाट रोजगारीमा जाने पुरुषको सङ्ख्या अघिलो वर्षको तुलनामा सात प्रतिशतले कम भएको छ भने विदेसिने महिलाको सङ्ख्या १८ प्रतिशतले वृद्धि भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको राहदानी फाँटले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७०-७१ मा १२ हजार २३४ पुरुष र ८४२ महिलाले राहदानी प्राप्त गरेको तुलनामा आव २०७१÷७२ मा ११ हजार ४७२ पुरुष र ९९६ महिलाले राहदानी प्राप्त गरेका जानकारी जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत अनुज भण्डारीले दिनुभयो । जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिनेमध्ये ९५ प्रतिशत पुरुष महिला वैदेशिक रोजगारी जाने गरेको सूचना अधिकृत भण्डारीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.