बन्दले कञ्चनपुरको जनजीवन प्रभावित

0

कञ्चनपुर, २३ साउन । सुदूरपश्चिम क्षेत्रलाई टुक्र्याउने षड्यन्त्र भइरहेको भन्दै गरिएको बन्दको दोस्रो दिन आज कञ्चनपुरको जनजीवन प्रभावित भएको छ । सदरमुकाम महेन्द्रनगरबाट सञ्चालन हुने लामो र छोटो दूरीका यात्रुवाहक सवारीसाधन बन्द रहेका छन् । सवारीसाधन बन्द हँुदा यात्रु पैदल नै गन्तव्यमा जान थालेका छन् । यहाँका महेन्द्रनगर, दैजी, झलारीलगायतका बजार फाट्टफुट्ट रुपमा मात्रै खुलेका छन् । बन्दकर्ताले सुदूरपश्चिमलाई अखण्ड राख्ने प्रतिबद्धता नआउँदासम्म बन्दका कार्यक्रम जारी रहने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.