न्युजिल्याण्डमा भूकम्पपछि सुनामीको खतरा

0

न्युजिल्याण्डमा भूकम्पपछि सुनामीको खतरा बढेको छ। बिहीबार त्यहाँ शक्तिशाली भूकम्प गएको थियो ।

न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्पसँगै सुनामी आउन सक्ने चेतावनी दिएको छ ।

समुद्री तटीय क्षेत्रका बासिन्दालाई ठाउँ खाली गर्न सरकारले आग्रह गरेको छ । उनीहरुलाई सुरक्षित स्थानमा बसाइ सर्न भनिएको छ ।

बिहीबार एक पछि अर्को गर्दै लगातार तीन पटक भूकम्प गएको थियो । भूकम्पपछि ठाउँ ठाउँमा झडप समेत भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। न्युजिल्याण्डमा बिहीबार ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण यकिन हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.