कांग्रेस संसदीय दलको बैठक आज बस्दै

0

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । प्रतिनिधिसभा बैठक तयारीका क्रममा कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठकले सरकारमा सहभागिता र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको विषयमा निर्णय लिने बताइएको छ । बैठकमा संसदमा कांग्रेसले खेल्नुपर्ने भुमिकाका विषयमा पनि छलफल हुनेछ ।

बिहीबार साँझ पार्टी सभापति निवास बुढानिलकण्ठमा बसेको बैठकले नेकपा औपचारिक रुपमा विभाजित नभइ सरकारमा सहभागिताका विषयमा अघि जान नहुने निस्कर्ष निकालेको थियो ।

बैठकमा सभापति देउवाले प्रधानमन्त्री बिरुद्ध अविश्वास अघि बढाउनुपर्ने बताएका थिए भने वरिष्ठ नेता पौडेलले हतार गर्न नहुने धारणा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.