सरकार र चन्द समूहबीच तीन बुँदे सहमति, प्रतिबन्ध हटाइने

0

काठमाडौं : सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भएको छ । दुई दिनसम्म निरन्तर भएको वार्तामा विप्लव समूहमाथि लागेको प्रतिबन्ध हटाउनेसहितका तीन बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार विप्लव समूहमाथि लागेका सबै मुद्दा खारेज हुने भएका छन् । त्यस्तै पक्राउ परेका विप्लव समूहका सबै कार्यकर्ता पनि रिहा हुने भएका छन् ।

विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै विप्लव समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो ।

प्रहरीको तथ्यांक अनुसार विसं २०७५ फाल्गुन १० गतेदेखि २०७७ मङ्सिर २८ का बीचमा सो समूहका झण्डै २ हजार नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । त्यसमध्ये झन्डै १ हजार ९०० लाई मुद्दा दायर गरिएको छ । एक सय भन्दा बढी पूर्पक्षका लागि कारागारमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.