म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

0

इंग्लिस प्रिमियर लिग फुटबलमा रेलिगेशन जोनमा रहेको सेफिल्ड युनाइटेड विजयी भएको छ । वुधबार राति भएको खेलमा सेफिल्डले एस्टन भिल्ललाई १–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु टोली सेफिल्डलाई जिताउन डेभिड म्याकगोल्डरिकले ३० औं मिनेटमा गरेको गोलनै निर्णायक बन्न पुग्यो । तालिकाको पुछारमा रहेको सेफिल्ड २७ खेलबाट १४ अंक जोडेको छ भने पराजित भएको एस्टन भिल्ला ३९ अंकसहित १४ औं स्थानमा छ ।
प्रिमियर लिग फुटबलकै अर्को खेलमा बर्नले र लेस्टर सिटी एक एक गोलको बराबरीमा रोकिएका छन् । मेटेज भडिले चौथो मिनेटमा गोल गर्दै बर्नलेलाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा लेस्टरका लागि केलिची इनह्यान्चोले बराबरी गोल गरका थिए ।

यो नतिजापछि लेस्टर प्रिमियर लिगको दोस्रो स्थानमा उक्ल्ने अबसर गुमाएको थियो । तेस्रो स्थानमा रहेको लेस्टरको ५० अंक छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५१ अंक छ ।  बर्नले भने २९ अंकका साथ १५ औं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले शीर्ष स्थनको म्यानचेस्टर सिटीसँग अंक दूरी घटाउने अबसर गुमाएको छ । वुधबार राति भएको खेलमा क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेल्दै एक अंक लिएको हो ।

क्रिष्टल ३४ अंकसहित १३ औं स्थानमा छ । युनाइटेड विजयी भएको भए शीर्ष स्थानको सिटीसँगको दूर १२ अंकमा झार्ने थियो ।

Leave A Reply

Your email address will not be published.