कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

0

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बुढानिलकण्ठस्थित निवासमा बैठक बोलाएका हुन् ।

बैठकमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई बोलाइएको छ । बैठकमा संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे साझा धारणा बनाउने प्रयास हुनेछ ।

फागुन २३ गते बस्ने संसद बैठकमा कुन रुपमा प्रस्तुत हुने भन्नेबारे पदाधिकारी बैठकले तय गर्नेछ । शीर्ष तहमा धारणा तय गरेर त्यसलाई संसदीय दल र केन्द्रीय समितिले अनुमोदन गर्ने कांग्रेस नेताहरुले बताएका छन् ।

संसदीय दलको बैठक शुक्रबार र केन्द्रीय समितिको बैठक शनिबार बस्ने तयारी कांग्रेसको छ । प्रतिनिधि सभा विघटनपछि नेकपाको कुन पक्षलाई समर्थन गर्ने भन्नेमा कांग्रेसमा दुई मत रहेको छ ।

सभापति शेरबहादुर देउवा पक्ष सरकारमा जाने मौका आए छाडन नहुने अडानमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष जनमत प्रतिपक्षमा बस्ने आएकाले सरकारमा जान नहुने अडानमा छन् ।

Leave A Reply

Your email address will not be published.