नेकपा नामको विवादमा फैसला मिति सर्‍यो, पूर्व प्रधानन्यायाधीश सिंहको शोकमा आज सबै अदालत बन्द

0

काठमाडौं : नेकपा नामको विवादमा फैसला मिति सरेको छ । गत बिहीबार सर्वोच्च अदालतले आज नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो ।

पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्चसहित सबै अदालत बन्द रहेका कारण फैसला मिति सरेको हो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते दर्ता गरेका थिए ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गरी निर्वाचन आयोगमा नेकपा नाममा दर्ता भएपछि कट्टेले अदालत गएका हुन । फागुन ६ मा रिटमा सुनुवाई सकिएको थियो ।

Leave A Reply

Your email address will not be published.