नेम्वाङदेखि बस्नेतसम्म प्रचण्ड नेपाल समूहकाे कारबाहीमा

0

प्रधानमन्त्री केपी शर्मा ओली समूहका सात नेता कारबाहीमा परेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहको केन्द्रीय कमिटीको बैठकले ओली समूहका ७ नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । कारबाहीमा पर्ने नेताहरुमा स्थायी समिति सदस्य सुवास नेम्वाङसहित सात नेता रहेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई स्थायी कमिटीबाट निष्कासन गर्नुका साथै संसदीय दलको उपनेताबाट राजीनामा दिन पनि निर्देशन दिएको छ। यस्तै, देव गुरुङलाई हटाएर प्रधानमन्त्री ओलीले प्रमुख सचेतकमा ल्याएका विशाल भट्टराईलाई पनि बैठकले कारबाही गरेको छ।

यस्तै, बैठकले सचेतक शान्ता चौधरीलाई समेत कारबाही गरेको छ। यस्तै, सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, पूर्व उद्योग मन्त्रीद्वय महेश बस्नेत र कर्णबहादुर थापालाई केन्द्रीय सदस्यबाट हटाएको हो।

उनीहरुले पार्टीहित विपरित गतिविधि गरेको बैठकको निष्कर्ष छ।
पछिल्लो समय नेकपाका दुबै समूहले एक अर्का समूहका नेता कार्यकर्तालाई कारबाही गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसंगै नेकपा दुई समूहमा विभाजन भएको छ ।

Leave A Reply

Your email address will not be published.