सांसदहरुलाई कोरोनाविरुद्धको खोप

0

काठमाडौं : प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिन शुरु गरिएको छ ।

बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिएको हो ।

पहिलो दिन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख अग्निप्रसाद सापकोटालगायत सांसदहरुले खोप लगाएका छन् ।

त्यसैगरी महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरु, सभामुख, अध्यक्ष तथा उपाध्यक्षहरुको नीजि सचिवालयमा कार्यरत कर्मचारीहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु र संसदीय मामिला पत्रकारहरुले खोप लगाउने कार्यक्रम रहेको छ ।

फागुन २३ गते संसद् बैठक बस्दैछ । संसद् बैठकअघि सबैलाई खोप अनिवार्य गरिएको छ ।

Leave A Reply

Your email address will not be published.