प्रधानमन्त्री ओलीको चुनौती : मलाई हटाएर देखाउनुस्

0

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्चबाट बदर भएपनि आफूलाई कुनै फरक नपरेको दाबी पनि गरे ।

झापामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षलाई प्रधानमन्त्री पदबाट आफूलाई हटाउन चुनौती दिएका हुन् । उनले यसअघि पनि अविश्वासको प्रस्ताव आएको तर, जतनामा गएर बहुमत ल्याएको भन्दै अब दुईतिहाइ ल्याउने दाबी गरे ।

उनले प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्चबाट बदर भएपनि आफूलाई कुनै फरक नपरेको दाबाी गरे । प्रचण्ड-माधव समूहको ध्यान नै पैसा, पद र परिवारबाहेक केहीमा नभएको टिप्पणी गरे । ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला आएपछि लड्डु खाँदै माधव नेपालले हिन्दीमा कसलाई फोन गरेको भनि प्रश्न गरे । ओलीले नेपाल र दाहाललाई ‘मिस्टर हेल्लो’ र ‘मिस्टर कम्फर्टेबल’ को संज्ञा पनि दिए ।

ओलीले संसद पुनर्स्थापना भएपछि चितवनको सभा छाडेर आफूलाई हटाउन दाहाल र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार्न आग्रह गरेको भन्दै व्यंग्य गरे ।

ओलीले भूमिगत आन्दोलन गरिरहेको नेत्र विक्रम चन्द समूहसँग छिट्टै सहमति हुने दाबी पनि गरे । शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको चन्द समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्ने उनको भनाइ थियो ।

विध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै ओली नेतृत्वकै सरकारले २०७५ फागुन २८ गते चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

Leave A Reply

Your email address will not be published.