कोरोना संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु

0

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको मृत्यु भएको हो ।

यो सहित २१ देशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ । अहिलेसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४ सय १ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ६० हजार १ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ । यो पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । इटाली, युक्रेनका नेपालीमा पहिलो पटक संक्रमण देखिएको छ ।

Leave A Reply

Your email address will not be published.