गायक कृष्ण पाैडेलको ‘लुकी लुकी मायाले’

0

काठमाडौं : गायक कृष्ण पाैडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । उनले गायिका आरती अधिकारीकाे साथमा नयाँ लाेकगीत सार्वजनिक गरेका हुन् । गीतकाे शब्द र संगीत गायक पाैडेलकाे आफ्नै रहेकाे छ ।

पछिल्लाे समय समाजमा भएकाे माया प्रेमकाे भावनालाई समेटेर लुकी लुकी मायाले बाेलकाे गीत तयार गरिएकाे गायक पाैडल बताउँछन् । यसअघि कसैकाे पीडा र वास्तविकता समेटेर गीत तयार गर्ने पाैडेलले यसपटक मायाप्रेमलाई समेटेर गीत तयार गरेका हुन् ।

‘लुकी लुकी मायाले बाेलकाे गीत जिन्दगीकाे वास्तविकता आभास गराउने खालकाे छ’ उनले भने, ‘माया भन्ने भावनालाई कसैले राेक्न नसक्ने र छेकेर नछेकिने भावना हाे भन्ने कुरा गीतमा रहेकाे छ ।’

पाेखराकाे पृथ्वीनारायण क्याम्पस पढ्दादेखि नै गीतसंगीतमा सक्रिय गायक पाैडेल विदेशमा वसेर पनि नेपाली गीतसंगीतमा अभिरूचि राख्ने गर्दछन् । ‘नेपाली संगीत सधै सुख दु:खकाे साथी हाे, त्यसैले अनेक आराेह अवराेह आए पनि मैले सहजरूपमा ग्रहण गरेकाे छु,’ गायक पाैडेलले भने, ‘त्यसैले म प्रवासमा भएपनि नेपाली गीतसंगीतबाट टाढा हुन सकिरहेकाे छैन ।’

विनाेद बजुरालीकाे संगीत संयाेजन रहेकाे गीतकाे म्युजिक भिडियाेकाे निर्देशन हाेम गुरूङले गरेका छन् । सविन गुरूङकाे काेरियाेग्राफि रहेकाे भिडियाेमा लाेमश शर्मा र अमृता सापकाेटाकाे अभिनय रहेकाे छ ।

म्युजिक भिडियाेकाे छायांकन गणेश सापकाेटाकाे रहेकाे छ भने दृश्य सम्पादन सुवास अमगाईले गरेका छन् । फलानाे क्रियसन, पाेखराकाे पाेष्ट प्राेडक्सनमा बनेकाे म्युजिक भिडियाे तयार भएकाे हाे ।

कतारलाई कर्मभुमि बनाउँदै आएका गायक पाैडेलले लाेकसंगीतलाई निरन्तरता दिदै तेस्राे गीत बजारमा ल्याएका हुन् । उनको यसअघिको ‘नयाँ दिल्ली’ बाेलकाे गीतले परदेशी नेपालीहरूकाे मन जितेकाे थियाे ।

हेर्नुहोस् भिडियो :

Leave A Reply

Your email address will not be published.