पूर्वमन्त्री कुबेर शर्माको निधन

0

काठमाडौं : पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन भएको हो ।

शर्मा विगत केही वर्षयता अस्वस्थताका कारण सार्वजनिक जीवनबाट टाढा रहँदै आएका थिए । उनी नेपालको पहिलो चार्टड एकाउण्टेन्ट र बिमा संस्थाको संस्थापक हुन् ।

सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माको पुर्ख्यौली घर सप्तरीको राजगढ गाउँपालिकास्थित नर्घो टोल हो ।

२००७ सालदेखि प्रजातन्त्रिक आन्दोलनमा सहभागी उनी २०४६/०४७ सालको जनआन्दोलनमा सप्तरीमा सक्रिय थिए । उनले बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँग सामिप्यमा रहेर काम गरेका थिए ।

शर्मा २०५३ सालपछि कांंग्रेस पार्टीबाट अलग भई हरियाली नेपाल पार्टीको संस्थापक सभापति बनेका थिए । शर्माका श्रीमती र ३ छोरी छन् ।

Leave A Reply

Your email address will not be published.