कोरोनाविरुद्ध जोन्सन एण्ड जोन्सनको खोप प्रभावकारी देखियो, एक मात्रा मात्रै लगाए पुग्ने

0

एजेन्सी : कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको छ । अमेरिकी नियामक निकाय एफडिएले ले एक डोज मात्रै लगाए पुग्ने खोप प्रभावकारी देखिएपछि स्वीकृति दिने तयारी गरेको छ ।

खोपलाई सर्वासाधारणको प्रयोगका लागि केही दिनमै स्वीकृति प्रदान गर्ने सम्भावना रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

खोपलाई स्वीकृति प्रदान गर्ने विषयमा शुक्रबार एफडिएका विज्ञहरु बैठक बस्दैछ । यो अमेरिकामा कोरोना भाइरसविरुद्धका प्रयोगका लागि स्वीकृति पाउने तेस्रो खोप हुनेछ ।

यसअघि स्वीकृति पाएका फाइजर र मोडेर्नाको खोप अहिले सर्वसाधारणलाई लगाइदै आएको छ । फाइजर र मोडेर्नाको खोप दुई डोज लगाउनुपर्ने भएपनि जोन्सन एण्ड जोन्सनको खोप भने एक डोज मात्रै लगाए पुग्ने खोप निर्मता कम्पनीले जनाएको छ । यो खोप खर्च र भण्डारणका हिसाबले पनि किफायती मानिएको छ ।

औषधि उत्पादन क्षेत्रको प्रख्यात कम्पनी जोन्सन एण्ड जोन्सनको स्वामित्व रहेको बेल्जियमको कम्पनी ज्यानसेनले यसको उत्पादन गरेको हो ।

यो खोप कोरोना भाइरसको संक्रमण तथा गम्भीर अवस्थाबाट रोक्न प्रभावकारी देखिएको छ । यो खोप संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन ८५ प्रतिशत तथा समग्रमा ६६ प्रतिशत प्रभावकारी देखिएको हो ।

Leave A Reply

Your email address will not be published.