नासाले सार्वजनिक गर्‍यो मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गरिरहेको भिडियो

0

एजेन्सी : अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्भुत भिडियो सार्वजनिक गरेको छ ।

भिडियोमा गत साता मंगल ग्रहमा ‘पर्सिभिअरन्स रोभर’ अवतरण गर्दाको अन्तिम क्षण समेटिएको छ । रोबटका चक्काले मंगल ग्रहको सतहमा टेक्दासम्मको दृश्य भिडियोले समेटेको छ ।

भिडियोमा धुलोको फन्का र मोटर गाडीझैँ देखिने रोबट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसतर्फ आएको देखिएको छ ।

नासाले अन्तरिक्ष यान मंगलको सतहमा अवतरण हुँदै गर्दाको ३० गिगाबाइट्स सूचना र २३ हजार वटाभन्दा बढी तस्बिरहरू संकलन गरेको छ ।

प्यारासुटतर्फ खिच्ने तीनमध्ये एक क्यामेरा असफल भए पनि अन्य ६ वटा क्यामेराहरूले कुनै पनि त्रुटीविना काम गरेको बताइएको छ ।

पर्सिभिअरन्स सात वटा क्यामेरा उसको अवतरणको रेकर्डिङका लागि राखिएका थिए । नासाले अवतरणको आवाज पनि रेकर्ड हुने अपेक्षा गरेपनि त्यो भने सम्भव नाएको जनाएको छ ।

सतहमा एउटा माइक सञ्चालन गर्न सफल भएकाले आगामी दिनमा पर्सिभिअरन्सको कामलाई सुन्न सकिने सम्भावना कायमै छ ।

क्यामेराका तस्बिरहरूले महत्वपूर्ण सुझाव दिने नासाको विश्वास छ । यसले ग्रहको सतह अध्ययनका लागि थप प्रविधि सुधारमा सहयोग गर्नेछ ।

एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा मंगल ग्रहमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ । छ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मंगल ग्रहमा पुगेको हो ।

Leave A Reply

Your email address will not be published.