निर्वाचन आयोगद्वारा चुनावका लागि आवश्यक सामग्री खरिदका लागि बोलपत्र आह्वान

0

काठमाडौं : निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावको सामग्री किन्न प्रक्रियाअनुसार बोलपत्र आह्वान गरेको छ ।

आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्नका लागि मंगलबार बोलपत्र आह्वान गरेको हो ।

सरकारले वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको मध्यावधि निर्वाचनलाई लक्षित गरेर सामाग्री खरिद गर्न लागिएको आयोगले जनाएको छ ।

छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप आयोगले किन्न लागेको हो ।

त्यस्तै नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिनलगायत सामग्रीका लागि बोलपत्र आह्वान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.