प्रदेश एकको प्रदेश सभा बैठक आज बस्दै, अविश्वासको प्रस्तावमा छलफल गर्ने कार्यसूची

0

काठमाडौं : प्रदेश एकको प्रदेश सभा बैठक आज दिउसो बस्दैछ । दिउसो बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहले दर्ता गराएको अविश्वासको प्रस्तावमा छलफल गर्ने कार्यसूची छ ।

तर नेकपाको ओली समूहले भने मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न नदिने तयारीमा रहेको छ । अघिल्लो बैठकमा पनि ओली समुहको अवरोधका कारण अविश्वास प्रस्ताव दर्ता हुन सकेको थिएन ।

माघ २५ गतेको बैठक ओली समुहका सांसदहरूले विरोध जनाएपछि कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित भएको थियो । माघ ७ गते बोलाएको बैठक ३ मिनेट बसेर स्थगित भएको थियो ।

मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव जबरजस्ती अघि बढाए प्रदेश सभा भंग गर्ने चेतावनी दिएका छन । नेकपाका दाहाल नेपाल समुहका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यो प्रदेश सभामा पेश हुन सकेको छैन ।

९३ सदस्यीय प्रदेशसभामा नेकपाको दुवै समुह गरि ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक एक जना सांसद छन् ।

Leave A Reply

Your email address will not be published.