नेपालले किनेको १० लाख डोज कोभिशिल्ड खोप काठमाडौं आइपुग्यो

0

काठमाडौं : सरकारले भारतको खोप निर्माता कम्पनी सेरम इन्स्चिट्युटसँग किनेको कोरोनाभाइरस विरूद्धको १० लाख डोज खोप काठमाडौं आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप काठमाडौं आइपुगेको हो ।

आइतबार आइपुगेको खोप टेकुस्थित कोल्डरूममा भण्डारण गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार उक्त खोप फागुन २३ गतेदेखि वितरण गर्ने तयारी भइरहेको छ ।

यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो ।

Leave A Reply

Your email address will not be published.