बाबुराम भट्टराईलाई न्युरो इन्डोक्राइन ट्युमरको आशंका, उपचारका लागि आज नयाँ दिल्ली जाँदै

0

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आज भारत जाँदैछन् । स्वास्थ्य उपचारका लागि नेपाल वायुसेवा निगमको जहाजबाट उनी नयाँ दिल्ली जान लागेका हुन् ।

उनको पेटमा समस्या देखिएको छ । भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका चिकित्सकहरुले गरेका छन् ।

चिकित्सककै सल्लाहमा उनी स्वास्थ्य उपचारका लागि भारत जान लागेका हुन् । उनको उपचार दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुनेछ ।

यसअघि भट्टराईको काठमाडौंको निदान अस्पतालमा उनले उपचार गराएका थिए । भट्टराईसँगै उनकी श्रीमती हिसिया यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे दिल्ली जाने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.