प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त, राजेश झा नियुक्त

0

काठमाडौं : प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ अनुसार झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

यसअघि शुक्रबार नै राष्ट्रपति भण्डारीले प्रदेश २ को प्रदेश प्रमुख रहेका तिलक परियारलाई मन्त्रिपरिषद्को सिफारिसमा पदमुक्त गरेकी थिइन् ।

परियार तत्कालिन माओवादीको भातृ संगठन दलित मुक्ति मोर्चाको अगुवा रहेका थिए । पार्टीको सचिवालय सदस्य पनि रहेका परियार अन्तरिम व्यवस्थापिका संसदमा  सांसद भएका थिए। २०६४ को पहिलो संविधानसभा चुनावमा बाँके क्षेत्र नं १ बाट परियार विजयी भएका थिए। 

Leave A Reply

Your email address will not be published.