नेपाली मिलन केन्द्र युरोपद्वारा सरस्वती पुजा कार्यक्रम सम्पन्न,

0

नेपाली मौलिक कला र संस्कृतीको जगेर्ना गर्ने उदेश्य स्वरुप स्थापित नेपाली मिलन केन्द्र यूरोपले भर्चुवल माध्यमबाट सरस्वती पूजा आयोजना गरेको छ I

नेपाली मिलन केन्द्रका अध्यक्ष दिपक न्यौपानेको अध्यक्षता र गैर आवासीय नेपाली संघ बेल्जियमका अधक्ष्य चित्र सुबेदीको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा पण्डित बिदुर अधिकारीज्युले पुजा संचालन गर्नु भएको थियो भने कार्यक्रमको संचालन सँस्थाकि महासचिब सुशिला खतिवडाले गर्नु भएको थियो ।

अहिलेको विषम परिस्थितिमा पनि आफ्नो कला संस्कृतिको जगेर्ना गरि नयाँ पुस्तामा कला संस्कृतिको जगेर्नामा उल्लेख्य भूमिका खेल्न यस कार्यक्रम सफल हुने भन्दै प्रमुख अतिथि गैर आवसीय नेपाली संघ बेल्जियम अधक्ष्य एबं नेपाली मिलन केन्द्रका सल्लाहकार चित्र सुबेदीले गैर आवासीय नेपाली संघ बेल्जियम र नेपाली मिलन केन्द्र यूरोपको कला संस्कृतिको जगेर्नामा सँधै सहकार्य भएको र आगामी दिनमा पनि हुने प्रतिबदता व्यक्त गर्नु भयो ।

परिस्थिति अनुसार भौतिक रुपमा उपस्थित भै कार्यक्रम संचालन गर्न सम्भब नभएको अवस्थामा भर्चुवल माध्यमबाट भए पनि हाम्रा नानीबाबुहरुलाई पुर्बीय दर्शनको ज्ञान दिने प्रयास गरेकोमा नेपाली मिलन केन्द्र युरोपको प्रसंशा गर्दै पत्रकार महासंघ बेल्जियम अधक्ष्य ओम शर्माले सम्पूर्ण बुवाआमा दाजुभाई दिदिबहिनीहरुमा कला र संस्कृतिको जगेर्ना एबं नेपाली भाषाको संरक्षणमा हार्दिक अपिल गर्नु भएको थियो I अहिलेको समयमा जुम प्रबिधि द्वारा सम्पन्न कार्यक्रम आगामी दिनमा भौतिक उपस्थितिमा नै गर्न सकेमा अझ प्रभाबकारी हुने भन्दै पत्रकार निलम शर्माले आफ्ना भनाई राख्नुभएको थियो ।

कार्यक्रममा जनसम्पर्क समिति बेल्जियमकी सभापती सीता सापकोटाले पनि कार्यक्रमको प्रसंशा गर्दै साना नानुबाबुहरुमा हाम्रो कला संस्कृतीको हस्तारण आजको आवश्यकता औल्याउनु भयो । गैर आवासीय नेपाली संघ बेल्जियमका भुतपुर्ब अधक्ष्य गंगाधर गौतम ज्युले नेपाली मिलन केन्द्रले सुरुवात गरेको यस्तो कार्यको सबैले अनुशरण गर्दै बार्षिक क्यालेण्डर कै रुपमा आगामी बर्षहरुमा समेत कार्यक्रम गर्न सुझाब राख्नुभएको थियो I


कार्यक्रममा सुभकामना एबं नानी बाबुहरुलाई आशिर्बाद दिदै सुभकामना दिनुहुने महानुभावहरुमा पर्बत समाज बेल्जियम अधक्ष्य भिम जोशी स्यांग्जा समाज बेल्जियम अधक्ष्य परशुराम रेग्मी अन्तरास्ट्रिय पर्बत समाजका बरिष्ठ उपाध्यक्ष झलक के सी , अन्तरराष्ट्रिय पर्बत समाजका सचिब एबं नेपाली मिलन केन्द्र यूरोपका सल्लाहकार प्रकाश पौडेल, नेपाली व्यवसायिक संघ बेल्जियमका महासचिब एबं कार्यसमिति सदस्य मदन दवाडी कोषाध्यक्ष ललित पोख्रेल सदस्य हरु गणेश अधिकारी हेमराज सापकोटा काशी दनै शंकर बजगाईं लक्ष्मी अधिकारी ,गैर आवासीय नेपाली संघ बेल्जियमबाट महासचिब तीर्थ धमला एबं सचिब जनक सुबेदी कोषाध्यक्ष प्रकाश राज गिरी, सदस्य चन्द्र शर्मा, समाजसेवी माधब सापकोटा ज्यले समेत कार्यक्रम सफलताको सुभकामना ब्यक्त गर्दै साना नानी बाबुहरुमा सुभआशिर्बाद ब्यक्त गर्नु भएको थियो I

भर्चुवल पुजा कार्यमा सहभागी मोहन के सी दामोदर अधिकारी अनिता दवाडी उत्कर्ष कर्माचार्य एबं पोर्चुगलबाट हरि पौडेल लगायत सम्पूर्ण उपस्थितहरुले स परिवार वैधिक बिधि अनुसार पुजा सम्पन्न भएको यस कार्यक्रमको प्रत्यक्ष प्रसारण चारदिशाको फेशबूक पेजबाट गरिएको थियो I

Leave A Reply

Your email address will not be published.