कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता गर्न प्रस्ताव

0

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ गतेदेखि १० गतेसम्म गर्न प्रस्ताव गरिएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले केन्द्रीय महाधिवेशन भदौ ७ गतेदेखि गर्न प्रस्ताव गरेका हुन् ।

यस्तै असार २० गतेबाट तल्लो तहको अधिवेशन शुरु गर्ने प्रस्ताव छ । बैठकमा फागुन ५ बाट संविधानत सबै कार्यसमितिको पदावधिको समय ६ महिना थप्ने प्रस्ताव र म्याद सकिएका विदेशस्थित जनसम्पर्कको म्याद थप्ने प्रस्ताव गरिएको छ । प्रस्तावमाथि बुधबारबाट शुरु भएको छलफल बिहीबार पनि हुनेछ ।

त्यस्तै क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति वडाले फागुन १२ गते पालिकालाई, १६ गते पालिकाले क्षेत्रीय कार्यसमितिलाई, २८ गते क्षेत्रीय कार्यसमितिले जिल्लालाई, चैत १० गते जिल्लाले केन्द्रीय समितिलाई बुझाउने प्रस्ताव बैठकमा गरिएको छ ।

बुधबार र बिहीबारको छलफलपछि बैठकले प्रस्तावमाथि निर्णय लिने बताइएको छ । यसअघि अघिल्लो वर्ष कांग्रेसको महाधिवेशन फागुन ७ गतेदेखि १० गतेसम्म गर्ने प्रस्ताव गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.