बेलायती राजकुमार विरामी, अस्पताल भर्ना

0

लण्डन : बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।

महारानी एलिजाबेथ द्वितियका पति राजकुमार फिलिपलाई मंगलबार अस्पताल भर्ना गरिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

९९ वर्षीय ड्युक अफ एडिबर्गलाई सेन्ट्रल लण्डन स्थित किङ्ग एड्वार्ड सातौँ अस्पताल लगिएको राजदरबारको वक्तव्यमा उल्लेख छ । राजकुमार फिलिपको स्वास्थ्यमा समस्या देखिए भए पनि कोरोना भाइरसको संक्रमण भने नरहेको बिबिसीले जनाएको छ ।

राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । अब केही दिन उनी अस्पतालमै रहने छन् । ९४ वर्षीया महारानी एलिजाबेथ भने विण्डसोर कासलमै छिन्।

Leave A Reply

Your email address will not be published.