प्रचण्ड-माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

0

काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सो समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जसअन्तर्गत फागुन ६ गते प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर प्रदर्शन गर्ने घोषणा गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै फागुन ५ गतेदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरुमा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रम गर्ने निर्णय भएको पनि नेता श्रेष्ठले बताए ।

यस्तै फागुन ७ गते देशव्यापीरुपमा सबै पालिकाका वडाहरुमा वडास्तरीय विरोध कार्यक्रम गर्ने सो समूहले घोषणा गरेको छ । फागुन ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध बृहत् अनतरक्रिया कार्यक्रमसमेत गर्ने नेता श्रेष्ठले जानकारी दिए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड-माधव समूह निरन्तर संघर्षमा छन् ।

प्रचण्ड-माधव समूहले केन्द्र, प्रदेश र स्थानीय तहसम्म विरोधक कार्यक्रम गर्दै आएको छ । देशका प्रमुख शहरमा प्रचण्ड-माधव समूहले शक्ति प्रदर्शन समेत गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.