निजामती कर्मचारीले लगाउन थाले कोरोनाविरुद्धको खोप

0

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ । आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानिय तहका कर्मचारी लगायतलाई कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको हो ।

निजामती सेवा अन्तर्गतका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालले जानकारी दिएको छ ।

त्यसैगरी प्रहरीहरुलाई पनि परिचयपत्र हेरेर खोप प्रदान गरिने निजामती कर्मचारी अस्पतालकी भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतीले बताइन् ।

त्यसैगरी, पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीले काउन्सिलले लेखेको पत्र अनुसार, नेपाल बैंक, वाणिज्य बैंक, कृषि बैंक र कृषि बैंकका कर्मचारीलाई पनि खोप दिइने भएको छ ।

अदालतका न्यायाधीश र अदालतमा काम गर्ने वकिलहरुलाई पनि परिचय पत्र अनुसार खोप प्रदान गरिने भएको छ ।

Leave A Reply

Your email address will not be published.