ट्रम्पलाई महाभियोगबाट छुटकारा, सिनेटमा भएको मतदानमा बहुमत पुगेन

0

एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोगबाट छुटकारा पाएका छन् । दोस्रो पटक लगाइएको महाभियोगबाट छुटकारा पाउनुलाई ट्रम्पको ठूलो जित मानिएको छ ।

शनिबार अमेरिकाको माथिल्लो सदन सिनेटमा उनीविरुद्धको महाभियोग सम्बन्धमा गरिएको मतदानमा बहुमत नपुगेको हो ।

त्यस क्रममा महाभियोगका पक्षमा ५७ तथा विपक्षमा ४३ सांसदले मतदान गरेका हुन् । प्रस्ताव परित हुन आवश्यक दुईतिहाइ अर्थात् ६७ मत आवश्यक नपुगेपछि उनी निर्दाेष साबित भएका हुन् । योसँगै उनी महाभियोगबाट मुक्त भएका हुन् ।

ट्रम्पविरुद्ध पेस महाभियोग प्रस्तावबारे सिनेटमा पाँचौं दिन शनिबार सुनुवाइ पूरा गरी मतदान गरिएको हो । महाभियोग प्रमाणित भएको भए ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपतिको उम्मेदवार बन्न पाउने थिएनन् ।

जनवरी छ मा क्यापिटल भवनमा भएको हिंसासँग ट्रम्पको सम्बन्ध भएको दाबी डेमोक्रेटिक पार्टीले उनीविरुद्ध महाभियोग प्रस्ताव अघि बढाएको थियो । दुईपटक महाअभियोग लाग्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् ।

Leave A Reply

Your email address will not be published.