चीनले लगायो बीबीसी टेलिभिजनलाई प्रतिबन्ध, असत्य समाचार प्रशारण गरेको आरोप

0

एजेन्सी : चीन सरकारले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनलाई आफ्नो देशभित्र प्रशारण गर्न प्रतिबन्ध लगाएको छ । अनुचित र असत्य पत्रकारिता गरेको आरोप लगाउँदै चीनले प्रशारणमा रोक लगाएको हो ।

कोरोना भाइरस महामारी र सिनजियाङमा उइगर मुसलमान समुदायलाई शोषण गरेको विषयमा प्रशारित समाचारलाई लिएर यसअघि नै चीनले आपत्ति जनाइसकेको थियो ।

गत हप्ता मात्र बेलायतको सञ्चार नियामक अफकमले चीनको सरकारी नियन्त्रणमा रहेको च्यानल सीटीजीएनको प्रशारण लाइसेन्स खारेज गरेको थियो ।

बेलायतको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै चीनको यो निर्णयले विश्वसामु उसको प्रतिष्ठा घटाउने जनाएको छ । उसले चीनमा इन्टरनेट र सञ्चारमाध्यममा सबैभन्दा कडा प्रतिबन्ध लगाइएको समेत दावी गरेको छ ।

चीनमा बीबीसी वर्ल्ड सर्भिस टिभिको प्रशारण रोकिनुले धेरै असर नपर्ने बीबीसीको दावी छ । चीनमा यसअघि नै यो च्यानल अधिकतम मानिसहरुका लागि उपलब्ध नरहेको बीबीसीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.