रामकुमारी झाँक्री पक्राउको विरोधमा मुखमा टेप लगाएर प्रदर्शन

0

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको विरोधमा प्रदर्शन गरिएको छ । युवा तथा विद्यार्थीहरुले नेतृ झाँक्रीको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

युवा तथा विद्यार्थीहरुले मुखमा कालो टेप लगाएर विरोध प्रदर्शन गरेका हुन् । माइतिघर मण्डलबाट शुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो । बानेश्वबाट भने प्रहरीले प्रदर्शनकारीलाई अगाडि बढ्न रोकेको थियो ।

प्रदर्शनकारीले ‘ओली सत्ता डरायो रामकुमारीलाई समायो’, ‘रामकुमारी झाँक्रीलाई होइन बलात्कारीलाई गिरफ्तार गर’, ‘रामकुमारीलाई रिहा गर’, ‘नालायक सरकार राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

Leave A Reply

Your email address will not be published.