चार कम्युनिष्ट पार्टीबीच कार्यगत एकता, संघर्षका कार्यक्रम सार्वजनिक गरिँदै

0

काठमाडौं : वर्तमान संकटको समाधानसहित साना चार कम्युनिष्ट पार्टीहरुले आज संघर्षका कार्यक्रम घोषणा गर्दैछन् ।

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी सहितका दलहरुले समाधानको सुत्रसहित संघर्षका कार्यक्रम घोषणा गर्न लागेका हुन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, नेपालबीच बनेको रणनीतिक संयुक्त मोर्चाले अवधारणापत्र र संघर्षका कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।

‘संसदमा भएका पार्टीहरुबीचको खिचातानी, कलहले अहिले मुलुकमा उत्पन्न भएको समस्याको समाधान संसद पुर्नस्थापना र निर्वाचनले नदिने चारवटै पार्टीको ठहर छ ।

व्यवस्था नै असफल भैसकेकाले समस्या समाधानका लागि बैकल्पिक शक्तिहरुलाई भूमिका दिनुपर्ने उनीहरुको माग छ ।

वैदेशिक शक्तिको आडमा ओलीले संसद विघटन गरेकाले संसदीय व्यवस्था खारेज नै गर्नुपर्ने अडानमा चारवटै दल छन् । अहिलेका नक्कली कम्युनिष्टहरूको विकल्प दिनका लागि मोर्चाबन्दी गर्न लागिएको दावी समेत उनीहरुको छ ।

Leave A Reply

Your email address will not be published.