भीमदत्तनगर, २१ साउन । भाउजुसँगको जग्गा विवादका कारण कञ्चनपुरको बेलौरी नगरपालिकामा एक दम्पतीले एकैघरका भाउजुलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत शुक्रबार देवर र देउरानीको कुटाइबाट घाइते भएकी बेलौरी नगरपालिका–१० की ५० वर्षीया रामलल्ली बोटको उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरी अनुसन्धानबाट मृतक बोटलाई देवर वीरबहादुर बोट र देउरानी उर्मिला बोटले जग्गा विवादका कारण कुटपिट गर्दा मृत्यु भएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक किशोर कुमार दाहालले बताउनुभयो ।
“मृतकबाट अंश छिन्न हत्या गरिएको देखिन्छ,” दाहालले भन्नुभयो – “अभियुक्तलाई सर्वस्वसहित कैद हुन सक्छ ।” अभियुक्त बोट दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइसकेको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न थप एकजना फरार रहेको छ ।
चोरीमा ज्वाइँ, छोरी र ससुरा पक्राउ
त्यसैगरी, प्रहरीले केही दिनअघि भीमदत्तनगरको इन्टरनेसनल हायर सेकेन्ड्री स्कुलको चमेनागृह र लोकप्रिय सुनचाँदी पसलमा चोरी गर्ने तीनजनालाई नियन्त्रणमा लिएको छ । यसैगरी, सरकारी छाप दस्तखत कीर्ते मुद्दामा पुनरावेदन अदालत राजविराजबाट गतवर्ष मङ्सिर २६ को फैसलाअनुसार एक वर्ष कैद र रु ५० जरिवाना ठहर भई कैद तथा जरिवाना बेरुजु रही हालसम्म फरार रहेका नुवाकोट बेलकोट गाविस घर भई हाल जिल्ला काठमाडौँ नागार्जुन डेरा गरी बस्ने ४३ वर्षीय लीलाबहादुर तामाङलाई आज ब्युरोको टोलीले पक्राउ गरेको छ ।
सोलुखुम्बु जिल्ला, नेचाबतासे गाविस घर भई सिङ्गापुर बस्ने रिवाज राईको राहदानी हराएकाले सिङ्गापुरबाट नेपाल आउन नाबालक परिचयपत्र आवश्यक पर्ने भन्ने कुराको जानकारी लिई तामाङले रु २५ हजार लिएर २०६९ सालमा राईको नामको नक्कली नाबालक परिचयपत्र बनाइदिएका थिए ।