७२ वर्षका वृद्धा बलात्कारी !

0

आफ्नो घरमा घरायसी काम गर्न राखेकी १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने मुद्दामा अदालतबाट दोषी ठहरिएर फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सर्लाही हरिवन गाविस वडा नं २ घर भई हाल जिल्ला काठमाडौँ सिनामङ्गल बस्ने ७२ वर्षीय भरत शर्मा भन्ने पुष्पलाल उप्रेतीलाई पक्राउ गरेको हो ।
उप्रेतीले २०६७ देखि २०६९ सालसम्म घरमा काम गर्न राखेकी बालिकालाई पटकपटक घरमा कोही नभएको मौका पारी ज्यान मारिदिने धम्की दिई जबर्जस्ती करणी गर्ने गरेको सम्बन्धमा माइती नेपालका तर्फबाट जाहेरी दरखास्त दिएकामा काठमाडौँ जिल्ला अदालतको गत वर्ष कात्तिक २३ को फैसलाले आठ वर्ष कैद सजाय हुनुका साथै प्रतिवादीबाट पीडितले पाउने गरी रु एक लाख क्षतिपूर्ति दिलाई भराइदिनुपर्ने गरी फैसला गरेकोमा उप्रेती फरार रहेका थिए ।

Leave A Reply

Your email address will not be published.