बालिका बलत्कार आरोपमा छिमेकी पक्राउ

0

सुनसरी, २१ साउन । सुनसरीको धरान उपमहानगरपालिका–१४ स्थित विजयपुरमा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । छिमेकी १९ वर्षीय केशव गिरीले बुधबार राति ती बालिकालाई आफ्नै घरमा नियन्त्रणमा लिएर पटक–पटक बलात्कार गरेको पीडित परिवारजनले आरोप लगाएका छन् ।
सोही आरोपको आधारमा प्रहरीले गिरीलाई बुधबार राति नै नियन्त्रणमा लिएर विहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । अभियुक्तले बलात्कार गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पीडित बालिकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
गिरीविरुद्ध विहीबारै जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरी जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइएको समेत इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदमकुमार सिजापतीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.