संवैधानिक निकायहरूमा भएका नियुक्ति बदर गर्न माग गर्दै सभामुखद्वारा सर्वोच्चमा रिट दायर

0

काठमाडौं : संवैधानिक परिषदद्वारा विभिन्न संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्नी सापकोटाले सर्वोच्चमा रिट दर्ता गराएका छन् ।

संसदीय सुनुवाइ विना गरिएको नियुक्ति अवैधानिक रहेको भन्दै सापकोटासहितका सांसदहरु सर्वोच्च अदालतमा पुगेर नियुक्ति बदरको निवेदन दिएका हुन् ।

सापकोटाले दायर गरेको रिटको पेशी आइतवारका लागि तोकिएको छ । रिटमा बुधवार सपथ ग्रहण गरेका संवैधानिक निकायका ३२ जना प्रमुख र सदस्यलाई विपक्षी बनाइएको छ ।

निवेदनमा नियुक्ति यथास्थितिमा राख्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने माग पनि गरिएको छ । निवेदनमा सापकोटाले संवैधानिक परिषद्को पुस पाँच गतेको निर्णय बदर गर्न माग गरेका छन् । निवेदनमा सो निर्णयका आधारमा संवैधानिक आयोगहरुमा भएको नियुक्ति पनि बदर गर्न माग गरिएको छ ।

निवेदन दर्ता गर्न सभामुखसहित नेकपाका नेताहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र रेखा शर्मालगायत पुगेका थिए ।

संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा बुधबार शपथ गराइएको थियो ।

Leave A Reply

Your email address will not be published.