मांसहारी आन्दोलन गर्छु भन्नेलाई चिडियाखाना लगेर थुन्छौं : गृहमन्त्री थापा

0

काठमाडौं : नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले मांसहारी आन्दोलन गर्छु भन्नेलाई चिडियाखाना लगेर थुन्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज काठमाडौंमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रचण्डको मांसहारी आन्दोलनको अभिव्यक्तिलाई लक्षित गर्दै उनीहरुमाथि कानुनी कारबाही गर्ने उनको भनाइ थियो । सम्बोधन गर्दै उनले भने, ‘मासंहारी आन्दोलनलाई संविधानले अपराध मानेको छ, त्यस्तो गर्नेहरुलाई चिडियाखानमा लगेर थुन्छौं ।’

गृहमन्त्री थापाले अहिलेको असाधारण परिस्थिति प्रचण्ड–माधव समूहले निम्त्याएको आरोप समेत लगाए । दुई तिहाई बहुमतको सरकारलाई अपदस्थ गर्ने खेल भएपछि सरकारबाट रक्षात्मक कदम चालिएको उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.