नारायणहिटीको गेटमा ओली समूहको टी आकारको सभास्थल

0

काठमाडौं : सत्तारुढ नेकपाको ओली समूहले गर्न लागेको आमसभाका लागि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको प्रवेशद्वारमा मञ्च निर्माण गरिएको छ । नारायणहिटी संग्रहालयको गेटमा टी’ आकारको मञ्च निर्माण गरिएको हो ।

सभाका लागि दरबारमार्गको खण्डमा सडकबीचमा राखिएका डिभाइडर हटाइएको छ । सभास्थलमा झण्डै एकलाख सहभागी अट्ने क्षमता रहेको बताइएको छ ।

मञ्चमा हुने सम्बोधन दक्षिण महेन्द्र शालिक, पूर्व नागपोखरी र पश्चिम ठमेलतर्फसमेत मान्छे बसेर हेर्न मिल्नेछ । कार्यक्रम हेर्न र भाषण सुन्न पाँच ठाँउमा डिजिटल स्क्रिनको समेत व्यवस्था गरिएको छ ।

महेन्द्र शालिक, जयनेपाल हल, ठमेल र यति समूहको भवनमा डिजिटल स्क्रिन राखिएको हो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.