एनआरएनए नेदरल्यान्डका अध्यक्षलाई कार्यबाही गर्न माग

0

गैर आबासीय नेपाली संघ नेदरल्यान्डका अध्यक्ष श्रीराम कंडेललाई अनुशासनको कार्यबाही गर्न संघको अन्तररास्ट्रिय समन्वय परिषदमा उजुरी परेको छ । गैर आबासीय नेपाली संघ नेदरल्यान्डका सल्लाहकार टिकाराम सापकोटाले अध्यक्ष कंडेलले संगठनको सामाजिक चरित्रमा असर पर्ने गरी संचारमाध्यमहरुमा नेपाललाई हिन्दू राष्ट्र घोषणा र राअजसंस्थाको पुनर्स्थापना हुनु पर्ने भनेर बिचार राखेकोले उनीलाई कार्यबाहीको माग गरेका छन ।

संघका केन्द्रिय पदाधिकारीहरुलाई पठाएको पत्रमा सापकोटाले ब्यक्तीको बैचारिक आस्था जे भए पनि एनआरएनए जस्तो सामाजिक र प्राबासका नेपालीहरुको छाता संस्थाको जिम्मेवार ब्यक्तिले राजनितिक बयानबाजी गर्नु संस्थाको मान्याता बिपरित हुने र नेपालले संघिय लोकतान्त्रिक प्रणाली स्वीकार गरेर सोही अनुसार राज्य चलेको हुँदा त्यसको बिरोध जायज नहुने बताएका छन । निबेदन संगै कंडेलले संचार माध्यममा बोलेका र प्रकाशित भएको सामाग्रीको प्रतिलिपी र लिन्कहरु पनि समाबेश गरेका छन ।

गैर आबासीय नेपाली संघको बिधान , मर्यादा र आचारसंहिताले पनि कुनै पनि पदाधिकारीले आफ्नो कार्यकालमा राजनितिक गतिबिधी गर्न बन्देज लगाएको छ । संघ भित्र अनाबस्यक राजनीतिक हस्तक्षेपबाट बिबादहरु देखिने गरेकोमा कंडेलको मुद्दाले नयाँ बहसको सिर्जना भएको छ । आफुले राखेको हिन्दू राष्ट्र र राजसंस्था बारेको बिचार आफ्नो ब्यक्तिगत स्वतन्त्रता भएको कंडेलको भनाइ छ ।

नेदरल्यान्डको नेपाली समुदायमा कंडेल नेपाली काङ्रेस र सापकोटा नेकपा समर्थकको रुपमा परिचित छन । केन्द्रले संगठनको छबिमा असर् नपर्ने गरी यस् बिषयमा निर्णय गर्ने आशा गरिएको नेदरल्यान्डका गैर आबासीय नेपालीहरुको मत रहेको छ ।

Leave A Reply

Your email address will not be published.