अख्तियारका आयुक्त गणेशराज जोशीले दिए राजीनामा

0

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन् । आयुक्त जोशीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।

जोशीले नेपालको संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम आजैदेखि लागू हुने गरी रआयुक्त पदबाट लिखित राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आफू आयुक्त हुँदा सचिवको हैसियतले काम गरेका व्यक्ति नै प्रमुख आयुक्तमा नियुक्त भएपछि जोशीले राजीनामा दिएका हुन् । उनी यसअघि कार्यवहाक प्रमुख आयुक्तको जिम्मेवारीमा थिए ।

Leave A Reply

Your email address will not be published.