सडक आन्दोलन सशक्त बनाउने दाहाल–नेपाल समूहको निर्णय

0

पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहको नेकपाले सरकारले संवैधानिक पदहरूमा गैरकानुनी नियुक्ति गरेको विरोधमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

संवैधानिक निकायका पदाधिकारीलाई जबरजस्ती ढंगमा शपथ गराइएपछि वुधबार बसेकाे सचिवालय बैठकले आन्दोलनका कार्यक्रम थप सशक्त गर्ने निर्णय गरेको हो ।

बुधबार पत्रकार सम्मेलन गर्दै दाहाल–नेपाल समूहले बन्दहडताललगायतका कार्यक्रम सार्वजनिक गरेको हाे । सार्वजनिक गरिएकाे आन्दाेलनका कार्यक्रम अन्तर्गत बिहीबार देशव्यापी हडताल आयोजना गरिएको नेतृ पम्फा भुसालले जानकारी दिइन् । बुधबार साँझ पार्टीले काठमाडौंमा मसाल जुलुस निकाल्ने तयारी गरेको छ ।

देश आन्दोलनमै रहेको अवस्थामा सरकार र राष्ट्रपति मिलेर बलमिच्याइँपूर्वक संवैधानिक परिषदमा पदाधिकारी नियुक्त गरी शपथ गराइएको, सभामुखलाई संवैधानिक परिषद् बैठकमा नबोलाइएको र संसदीय सुनुवाइ नै नगरी नियुक्ति गरिएको भन्दै उक्त समूहले विरोध गरेको हो । पार्टीले सरकारको कदम खारेजीको माग पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.