जसपाका नेता शिवजी यादव नेकपाको ओली समूहमा प्रवेश

0

काठमाडौं : जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव नेकपाको ओली समूहमा प्रवेश गरेका छन् । मंगलबार राति बालुवाटारमा आयोजित कार्यक्रममा यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

महोत्तरी घर भएका नेता डाक्टर यादवलाई प्रधानमन्त्री ओलीले खादा समेत ओढाएर स्वागत गरे । पार्टी प्रवेश कार्यक्रममा उपप्रधानमन्त्री इश्वर पोखरेल, नेता महेश बस्नेत पनि सहभागी थिए ।

यादव तत्कालीन मधेसी जनाधिकार फोरम नेपालका प्रमुख सचेतक थिए । कम्युनिष्ट पृष्ठभूमिका यादव २०६३ को मधेस आन्दोलनपछि फोरममा प्रवेश गरेका थिए ।

ओली समूहले केही समयदेखि मधेस केन्द्रित दलका नेतालाई पार्टी भित्राउने प्रयास गरिरहेको छ । केही समय अघि जसपाका नेता तथा पूर्व सांसद बबन सिंहपनि ओली समूहमा प्रवेश गरेका थिए ।

Leave A Reply

Your email address will not be published.